महन्थ ठाकुरको क्षेत्रमा ३ बजेदेखि मतगणना हुने

महोत्तरी | मंसिर ५, २०७९

महन्थ ठाकुरको क्षेत्रमा ३ बजेदेखि मतगणना हुने

महोत्तरी:  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहनुभएको निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने भएको छ ।


महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट चुनाव लड्नुभएका लोसपा अध्यक्ष ठाकुरको उक्त क्षेत्रमा  ३ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताउनुभयो ।


उहाँका अनुसार गएराति अबेर मतपेटिका आएको र अहिलेसम्म मतपेटिका तथा मतपत्र रुजु हुने काम भइरहेको छ ।  अहिले सर्बदलीय बैठक पनि बस्न बाँकी रहेकाले दिउँसो ३ बजेदेखि यहाँको मतगणना सुरु गरिने भएको हो ।   यस क्षेत्रमा जम्मा ९९ हजार नौ सय ३० मतदाता रहेकामा यस पटकको निर्वाचनमा ५९प्रतिशत३४ मत खसेको छ । 

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्